राइजिङ स्टार यू-१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता

  • कालिका खवर
  • सोमवार, कार्तिक ३०, २०८३
  • काठमाडौं । राइजिङ स्टार यू-१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता मंसिर १ गतेदेखि पुष २ गतेसम्म काठमाडौंको गोकर्नेस्वर ग्राउण्डमा आयोजना हुने भएको छ। बाल क्रिकेटको विकास र प्रतिभावान खेलाडीहरूलाई अवसर प्रदान गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो।

    यस प्रतियोगितामा जम्मा १६ टिमहरूको सहभागिता रहनेछ, जसमा ८ टिम हरुको जिल्ला स्तरबाट सहभागी हुनेछन् । जिल्ला स्तरका खेलाडीहरुका लागि प्रवेश शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको छ, जसले स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गर्ने विश्वास– आयोजकले लिएको छ।

    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको प्रथम पुरस्कार रु. ५० हजार र द्वितीय पुरस्कार रु. ३५,००० तोकिएको छ। साथै, म्यान अफ द सिरिजलाई किटब्याग प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान लाई ब्याट र उत्कृष्ट बलर लाई क्रिकेट जुत्ता प्रदान गरिनेछ।

    राइजिङ स्टार यू-१२ व्वाइज ओपन क्रिकेट प्रतियोगिताले भविष्यका क्रिकेट प्रतिभाहरू उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। प्रतियोगिता ह्वाइट ड्रेसमा ४० ओभरको हुनेछ। टुर्नामेन्टका निर्देशक सुनिलमान अमात्यले अन्डर- १२ सेतो डे्स र रातो बलमा पहिलोपटक नेपालमा हुन गईरहेको जानकारी दिनुभयो । टुनामेन्टका प्राबिधक निर्देशक रविन्द्र गुप्ताले १६ टीम ४ ग्रुपमा बिभाजन गरिएकाे छ साथै भाेलिकाे उद्घाटन खेल राईजिक स्टार vs सिईसि भक्तपुर विच खेल हुने जानकारी दिनु भयाे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar