होण्डाको ‘सफर’ अफर सार्वजनिक, नयाँ कार खरिदमा १० लाखसम्म नगद छुट

  • कालिका खवर
  • शुक्रबार, अशोज ९, २०८३
  • काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि.ले ‘फेस्टिभ अफर होण्डाको सफर’ योजना सार्वजनिक गरेको छ।

    यस योजनाअन्तर्गत ग्राहकले नयाँ होण्डा कार खरिद गर्दा १० लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। चाडपर्वको अवसरमा ग्राहकलाई थप सुविधा दिने उद्देश्यले ल्याइएको योजनामा नयाँ कार खरिदमा एक आर्थिक वर्षको सडक कर र एक आर्थिक वर्षको पूर्ण बीमा निःशुल्क उपलब्ध गराइनेछ।

    त्यस्तै, ग्राहकले ५ वर्षसम्म निःशुल्क सर्भिसिङ र एक वर्षसम्म निःशुल्क सडक सहायता प्राप्त गर्नेछन्। पुरानो गाडी साटेर नयाँ होण्डा कार खरिद गर्न चाहने ग्राहकका लागि अन-द-स्पट एक्सचेन्ज सुविधा तथा आकर्षक एक्सचेन्ज बोनसको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ।

    नयाँ गाडी खरिदलाई सहज बनाउन स्याकार हायर पर्चेज र एनआईसी एसिया बैंकसँगको सहकार्यमा आकर्षक तथा कम ब्याजदरमा फाइनान्सिङ सुविधा पनि योजनामा समावेश गरिएको छ।

    कम्पनीका अनुसार ‘फेस्टिभ अफर होण्डाको सफर’ योजना सेप्टेम्बर २५, २०२६ देखि नोभेम्बर १६, २०२६ सम्म देशभरका होण्डा कार शोरुममा लागू हुनेछ। योजनामा कम्पनीका नियम तथा सर्तहरू लागू हुनेछन्।

    ‘ड्राइभ अ ब्राइटर टुमोरो’ नाराका साथ ल्याइएको योजनाअन्तर्गत होण्डा सीआर–भी, एलेभेट, सिटी र सिटी ई–एचईभीलगायतका मोडल खरिदमा छुट तथा विभिन्न सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

    योजनासम्बन्धी थप जानकारीका लागि ग्राहकले नजिकैको होण्डा कार शोरुममा सम्पर्क गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar