हिमालयन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष १६.२१ प्रतिशतले वृद्धि

  • कालिका खवर
  • शनिबार, साउन ३०, २०८३
  • काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषको आकार गत आर्थिक वर्ष २०८२/८३ मा १६.२१ प्रतिशतले वृद्धि भएको छ।

    कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा जीवन बीमा कोषमा ८९ अर्ब ४१ करोड ५० लाख रुपैयाँ सञ्चित भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो कोषको आकार ७६ अर्ब ९४ करोड १५ लाख रुपैयाँ रहेको थियो।

    यसैगरी, समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ५.८४ प्रतिशतले बढेर १८ अर्ब ६९ करोड १६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीले १७ अर्ब ६६ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। खुद बीमाशुल्क आर्जन पनि ६.१७ प्रतिशतले वृद्धि हुँदै १८ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ पुगेको छ।

    तर, बीमा व्यवसायमा वृद्धि भए पनि कम्पनीको खुद नाफामा भने उल्लेख्य गिरावट आएको छ। समीक्षा अवधिमा कम्पनीले ३१ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको ५४ करोड ६९ लाख रुपैयाँको तुलनामा ४१.९० प्रतिशत कम हो।

    ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (इपीएस) घटेर ३ रुपैयाँ ४८ पैसा कायम भएको छ। अघिल्लो वर्ष इपीएस ५ रुपैयाँ ९८ पैसा थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ३१ पैसा रहेको छ भने पीई रेसियो ९२.५९ गुणा रहेको छ।

    समीक्षा अवधिमा कम्पनीको महाविपत्ति कोषमा ४७ करोड २२ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ४ करोड ६४ लाख रुपैयाँ सञ्चित रहेको छ। त्यस्तै, कम्पनीको अन्य इक्विटी २ अर्ब १३ करोड ७ लाख रुपैयाँ ऋणात्मक रहेको वित्तीय विवरणमा उल्लेख छ।

    समग्रमा, कम्पनीको बीमा कोष र बीमाशुल्क आर्जनमा सुधार देखिए पनि नाफा तथा प्रतिशेयर आम्दानीमा आएको गिरावट कम्पनीका लागि चुनौतीका रूपमा देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar