Gen Z आन्दोलन र नेतृत्वको आत्मसमीक्षा

निरोज श्रेष्ठ
निरोज श्रेष्ठ
  • आइतवार, भदौ २९, २०८२
  • हालै देखिएको Gen Z आन्दोलनलाई कतिपयले बाहिरी घुसपैठको परिणाम भनेर प्रचार गर्न थालेका छन्। यस्ता आरोपहरूको पछाडि आफ्ना नेता र पार्टीलाई जोगाउने स्वार्थ लुकेको प्रष्ट देखिन्छ। तर आन्दोलनलाई केवल षड्यन्त्रका दृष्टिले हेर्ने प्रवृत्ति गम्भीर भूल हुनेछ।

    Gen Z आन्दोलनको जड नै राजनीतिक नेतृत्वप्रति बढ्दो निराशा, अवसरहरूको अभाव, र संस्थागत भ्रष्टाचारमा छ। युवापुस्ताले लामो समयदेखि देखिरहेको असमानता, सुन्दै आएको आश्वासन र भोग्दै आएको बेथितिप्रति प्रतिक्रिया जनाउन थालेको हो। यसलाई बाहिरी शक्तिले चलाएको आन्दोलन मात्र भन्नु भनेको यथार्थलाई लुकाउने प्रयास हो।

    नेपालको राजनीति अहिले स्थिर पोखरीमा जमेको फोहोर जस्तै बनेको छ। वर्षौँदेखि सफा नगरेको त्यो फोहोरले वातावरणलाई दुर्गन्धित बनाएको छ। यस्तो अवस्थामा बाहिरबाट कसैले ढुंगा हानेको कारण मात्र पोखरी धमिलो भएको भन्नु, वास्तविक कारणलाई नदेखेजस्तो गर्नु हो। फोहोर सफा गर्ने जिम्मेवारी भने नेतृत्व वर्गकै हो।

    Gen Z पुस्ताले देखाएको आक्रोशलाई नकार्ने होइन, आत्मसमीक्षा गर्ने समय आएको छ। प्रश्न केवल आन्दोलनको स्वरूप वा प्रवृत्तिको छैन बरु त्यसको कारण भ्रष्टाचार, असमानता, र अपारदर्शी राजनीतिक संस्कृतिमा छ।
    त्यसैले अब नेतृत्व वर्गले दोष बाहिर नखोजी भित्रैको गल्ती स्वीकार गर्नुपर्छ।

    लेखकको बारेमा

    निरोज श्रेष्ठ

    निरोज श्रेष्ठ

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar