एनआइसी एसिया बैंकका नयाँ सिइओमा सुजित कुमार शाक्य, आजैबाट कार्यभार सम्हाले

  • कालिका खवर
  • बिहिबार, कार्तिक २०, २०८२
  • काठमाडाैं । एनआइसी एसिया बैंक लिमिटेडका नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुजित कुमार शाक्यले आजदेखि औपचारिक रूपमा आफ्नो कार्यभार सम्हालेका छन्।

    कार्तिक १७ गते बसेको बैंक सञ्चालक समितिको ७३७औं बैठकले शाक्यलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा उनले आज (कार्तिक २०) देखि कार्यभार सुरु गरेका हुन्।

    शाक्यको नेतृत्वमा बैंकले अझै प्रभावकारी सेवा प्रवाह र ग्राहक केन्द्रित नीतिहरूलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar