एमालेले आज दिउँसो ३ बजे माइतीघरमा प्रदर्शन गर्ने

  • कालिका खवर
  • शनिबार, चैत्र १४, २०८२
  • काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको प्रतिकारमा उत्रिने निर्णय गरेको नेकपा (एमाले)ले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । पार्टीका सचिव महेश बस्नेतले पार्टीको जनसंगठनको तर्फबाट दिउँसो ३ बजे माइतीघरमा प्रदर्शन हुने जानकारी दिए ।

    सचिव बस्नेतले विरोध प्रदर्शनका लागि जनसंगठनहरूलाई उपस्थित हुन आह्वान गरेका छन् । ‘लोकतन्त्र, विधिको शासन र न्यायको पक्षमा उभिन सबैलाई सहभागिताका लागि हार्दिक आह्वान गर्दछु’, बस्नेतले भने ।

    एमालेको आज सम्पन्न सचिवालय बैठकले आजदेखि जनसंगठनहरूलाई सडकमा उतार्ने र भोलिदेखि पार्टीले औपचारिक रूपमा विरोध कार्यक्रम ग र्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar