एमाले अनेक धक्का चिरेर पनि धरहरा जस्तै उठ्छ : प्रदीप ज्ञवाली

  • कालिका खवर
  • शनिबार, मंसिर २७, २०८२
  • काठमाडौं । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल जस्तै गौरव बोकेर र धरहरा जस्तै अनेक धक्का चिरेर पनि उठ्ने शक्ति भएको बताएका छन् ।

    एमालेको ११ औं महाधिशवेशनको उद्घाटन समारोहमा बोल्दै उनले महाधिवेशनमा राखिएको न्यातपोल दरबार र धरहराको राख्नुको कारण उल्लेख गरेका छन् ।

    ‘न्यातपोल दरबारले चार चारवटा भूकम्प झेलेको छ र पनि गौरवको रुपमा रहेको छ’ उनले भने,’धरहरा हामीले नवनिर्माणको प्रतीकको रुपमा राखेका छौं ।’

    उनले धरहरा नवनिर्माणको प्रतीकको रुपमा रहेकोको उल्लेख गर्दै जस्तै धक्का चिरेर पनि एमाले उठ्ने बताए । ‘हामीले सन्देश दिन खोजेका छौं । न्यातपोलको गौरवशाली इतिहास जस्तै र धरहरा जस्तै धरहरा जस्तै धक्का चिरेर उठ्न सक्छौं’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar