एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

  • कालिका खवर
  • आइतवार, मंसिर २१, २०८२
  • सर्लाही, २१ मङ्सिर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्स गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो ।

    त्यसका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई पनि पक्राउ गरिएको छ । यसैबीच, लालबन्दी नगरपालिका–११ हिरापुरबाट सोही नगरपालिका–१४ नारायणखोलाका २५ वर्षीय गङ्गाबहादुर वाइवालाई ५२ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar