एकैदिन तोलामा २७ सय रूपैयाँ बढ्यो सुनको भाउ

  • कालिका खवर
  • शुक्रबार, असार २६, २०८३
  • काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा १७० रुपैयाँले बढेर ४ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार चाँदी तोलाको ४ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar