एभरेष्ट बैंकको १३४औँ शाखा धनगढीको क्याम्पस चोकमा सञ्चालन

  • कालिका खवर
  • सोमवार, अशोज ५, २०८३
  • धनगढी । एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तारलाई निरन्तरता दिँदै कैलालीको धनगढी उपमहानगरपालिका–८, क्याम्पस चोकमा १३४औँ शाखा सञ्चालनमा ल्याएको छ। असोज ५ गते सञ्चालनमा आएको नयाँ शाखासँगै बैंकले सुदूरपश्चिम प्रदेशमा आफ्नै नयाँ भवनसमेत उद्घाटन गरेको छ।

    नयाँ भवनबाट बैंकले सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय समेत सञ्चालन गर्ने भएको छ। यसअघि रहेको स्थानबाट प्रादेशिक कार्यालय स्थानान्तरण गरी सम्पूर्ण सेवा नयाँ भवनबाटै प्रदान गरिने बैंकले जनाएको छ।

    नयाँ शाखाको उद्घाटन धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र एभरेष्ट बैंक सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यले संयुक्त रूपमा गरेका थिए।

    उद्घाटन समारोहमा धनगढी उपमहानगरपालिका–८ का वडा अध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, सुदूरपश्चिम प्रदेश प्रमुख यज्ञराज तिमिल्सिना, विभिन्न उद्योगी–व्यवसायी, बैंकका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

    क्याम्पस चोकमा आफ्नै भवनबाट शाखा सञ्चालनमा आएसँगै यस क्षेत्रका ग्राहकलाई बैंकिङ सेवा थप सहज र पहुँचयोग्य हुने बैंकले जनाएको छ। शाखा विस्तारले स्थानीय आर्थिक गतिविधिलाई थप गतिशील बनाउँदै समग्र आर्थिक विकासमा समेत योगदान पुग्ने बैंकको अपेक्षा छ।

    नयाँ शाखा सञ्चालनसँगै सुदूरपश्चिम प्रदेशमा एभरेष्ट बैंकका शाखाको संख्या १५ पुगेको बैंकले जनाएको छ। बैंकले देशका विभिन्न क्षेत्रमा आफ्नो सेवा सञ्जाल विस्तार गर्दै ग्राहकलाई सहज तथा प्रभावकारी बैंकिङ सेवा उपलब्ध गराउने अभियानलाई निरन्तरता दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar