चितवनमा मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

  • कालिका खवर
  • बिहिबार, माघ १५, २०८२
  • चितवन । भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गएराति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय विनोद सुवेदीको मृत्यु भएको हो ।

    गम्भीर घाइते भएका सुवेदीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar