चैत महिनाका लागि वाणिज्य बैंकको ब्याजदरमा सामान्य गिरावट

  • कालिका खवर
  • शनिबार, फाल्गुन ३०, २०८२
  • काठमाडौं । वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले प्रकाशित गरेका सूचनाअनुसार, अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको देखिएको छ ।

    फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ४.५६ प्रतिशतविन्दु रहेकोमा चैत महिनामा ४.४९ प्रतिशत विन्दुमा झरेको छ । यस प्रकारको निक्षेपमा औषत ब्याजदर ०.०७ प्रतिशतविन्दुले घटेको हो ।

    हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदर घटाउँदा औषत दरमा गिरावट आएको हो । बाँकी १४ बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर फागुन महिनाकै दरमा कायम राखेका छन् ।

    संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर पनि ०.०३ प्रतिशतविन्दुले घटेको छ । चैत महिनाका लागि सबैभन्दा बढी ब्याजदर घटाउने बैंक नेपाल बैंक रहेको छ । सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.६ प्रतिशतविन्दुले घटाएको छ ।

    त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, कृषि विकास बैंक, प्राइम कमर्शियल बैंक र ग्लोबल आइएमई बैंकले पनि ब्याजदर घटाएका छन् ।

    ब्याजदरमा गिरावटसँगै निक्षेपकर्ताले थोरै कम फाइदा पाउने देखिएको छ भने बैंकहरूको प्रतिस्पर्धात्मक रणनीति र बजार व्यवस्थापनमा यसले प्रभाव पार्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar