बुल मेसिन खरिदमा मुक्तिनाथ विकास बैंकको ८० प्रतिशतसम्म कर्जा

  • कालिका खवर
  • बिहिबार, अशोज ८, २०८३
  • काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपालमा निर्माण उपकरण ‘बुल मेसिन’को आधिकारिक वितरक अटोवेज प्रालिबीच बुल मेसिन खरिद गर्न चाहने ग्राहकलाई सहज कर्जा सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

    सम्झौतामा मुक्तिनाथ विकास बैंकका हेड अफ गण्डकी रिजन बाबुराम ढकाल र अटोवेज प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका छन्।

    समझदारीअनुसार बैंकले बुल मेसिनलाई नै धितो राखेर डिलरको बिल वा इनभ्वाइस मूल्यको ५० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ। त्यस्तै, ग्राहकले बैंकले स्वीकार गर्ने थप स्थिर सम्पत्ति धितो उपलब्ध गराएमा बैंकको कर्जा मूल्यांकन तथा प्रचलित कर्जा नीतिअनुसार इनभ्वाइस मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध हुन सक्ने बैंकले जनाएको छ।

    बैंकका अनुसार उक्त कर्जा न्यूनतम ब्याजदरमा उपलब्ध गराउने व्यवस्था गरिएको छ। यस सहकार्यले उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नुका साथै निर्माण व्यवसायमा संलग्न ग्राहकलाई आवश्यक निर्माण उपकरण खरिद गर्न वित्तीय पहुँच सहज बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।

    मुक्तिनाथ विकास बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङका अनुसार निर्माण क्षेत्रमा आवश्यक उपकरण खरिदका लागि वित्तीय पहुँच सहज बनाउने उद्देश्यले अटोवेजसँग सहकार्य गरिएको हो।

    मुक्तिनाथ विकास बैंकले आवास, अटो, कृषि तथा एसएमईलगायत विभिन्न क्षेत्रमा प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar