आज कर्णाली र पोखरा तथा चितवन र काठमान्डु भिड्दै

  • कालिका खवर
  • सोमवार, कार्तिक २३, २०८३
  • काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनअन्तर्गत  आज कर्णाली याक्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दै छन् । खेलमा दुवै टोली जित निकाल्दै प्लेअफ सम्भावना कायम राख्ने लक्ष्यमा हुनेछन् । हाल चार अंकका साथ तालिकाको छैटौँ स्थानमा रहेको कर्णालीले चार खेल खेल्दा समान दुई जित र हार दुई व्यहोरेको छ ।

    पोखरा भने पहिलो जित निकाल्दै खाता खोल्ने लक्ष्यमा हुनेछ । चार खेल खेल्दा टोलीले सबै खेलमा पराजय भोगेको छ । यी दुईबीचको पहिलो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अपराह्न १२ः३० बजे हुनेछ ।

    आजै हुने दोस्रो खेलमा चितवन राइनोज र काठमाण्डू गोर्खाज खेल्दै छन् । खेलमा दुवै टोली जित निकाल्दै शीर्ष स्थानमा उक्लने लक्ष्यमा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar