पूर्वी अफगानिस्तानमा सडक दुर्घटना हुँदा ७ जनाको मृत्यु

  • कालिका खवर
  • आइतवार, कार्तिक २२, २०८३
  • अफगानिस्तान । पूर्वी अफगानिस्तानको लगमान प्रान्तमा शनिबार साँझ भएको सडक दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । प्रान्तीय प्रहरी कार्यालयले आइतबार दुर्घटनाबारे जानकारी दिएको हो ।

    प्रहरीका अनुसार काबुललाई पूर्वी प्रान्तहरूसँग जोड्ने मुख्य राजमार्गअन्तर्गत कारघाई जिल्लाको माशली क्षेत्रमा तीव्र गतिमा रहेको एउटा सवारी साधनले तीन पाङ्ग्रे मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

    दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । मृतक तथा घाइतेहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न प्रान्तीय अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar