विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा २८ जना पक्राउ

  • कालिका खवर
  • आइतवार, कार्तिक २२, २०८३
  • काठमाडौँ । विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा २८ जना पक्राउ परेका छन् । काठमाडौँ, बाँके, भक्तपुर, चितवन लगायतका जिल्लाबाट २८ जना पक्राउ परेका हुन् ।

    काठमाडौँ महानगरपालिका–४ बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–४ घर भएका ४९ वर्षीय सुनिल श्रेष्ठ समेत ९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ८५ हजार १ सय ९५ रुपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको हो ।

    त्यस्तै, बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाइपास बस्ने ४७ वर्षीय देवबहादुर चन्दको घरमा जुवातास खेलिरहेको अवस्थामा चन्दसहित ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७७ हजार ६ सय रुपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।

    त्यस्तै, भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डु बस्ने सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका– १ घर भएका ४२ वर्षीय वाङगेल लामाको टहरामा जुवातास खेलिरहेको अवस्थामा वाङगेल सहित ६ जनालाई  प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट गुण्डुबाट खटिएको प्रहरीले उनीहरूलाई शनिबार राति नगद ७२ हजार ७ सय ५० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

    त्यसैगरीको चितवनको खैरहनी नगरपालिका–१० जिबनपुर चोकस्थित जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–६ बस्ने ३१ वर्षीय अनिश पाठकसहित ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ३ सय रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar