लुम्बिनीद्वारा जनकपुरलाई १५० रनको लक्ष्य

  • कालिका खवर
  • बिहिबार, कार्तिक १९, २०८३
  • काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट अन्र्तगत आजको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ ।

    त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनायो । जसमा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३४ रन बनाए । जनकपुरका बिशाल सुस्लिङ, र राहुल यादवले २/२ विकेट हात पारे ।

    लुम्बिनी हाल ५ अंकका साथ शीर्ष स्थानमा छ । जनकपुरमाथि विजय हात पारे लुम्बिनीले शीर्ष स्थानलाई मजबुत बनाउनेछ । तर लुम्बिनीलाई पराजित गरेमा जनकपुर शीर्ष स्थानमा पुग्नेछ । त्यसैले यो खेल शीर्ष स्थानका लागि प्रतिस्पर्धाका रूपमा पनि रहेको छ ।

    आजै साँझ ५ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाज खेल्नेछन् । विराटनगरको ४ खेलमा २ जित र २ हार तथा काठमाडौंको २ खेलमा १ जित र १ हार रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar