वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल रद्द

  • कालिका खवर
  • शनिबार, कार्तिक १४, २०८३
  • काठमाडौं । अविरल वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा साबिक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ । शनिबार (कात्तिक १४) नेपाल क्रिकेट संघ (क्यान)ले वर्षाका कारण यी दुई टिमबीचको खेल रद्द भएको जनाएको हो ।

    खेल रद्द भएपछि दुवै टिमले एक/एक अंक बाँडेका हुन् । अब दुवै टिमको समान तीन अंक भएको छ ।

    तालिकामा लुम्बिनी र चितवन समान तीन अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् । लुम्बिनीले कात्तिक ९ गते भएको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराएको थियो ।

    चितवनले भने विराटनगर किंग्सलाई आठ रनले पराजित गरेको थियो । चितवन रन रेटमा पछाडि पर्दा तालिकाको तेस्रो स्थानमा छ ।

    वर्षाका कारण आजको दोस्रो खेल पनि प्रभावित हुने सम्भावना छ । यस दिन बेलुका ५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्ने तालिका छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar