मौसममा सुधारपछि कीर्तिपुर क्रिकेट मैदानबाट कभर हटाउन थालियो

  • कालिका खवर
  • शनिबार, कार्तिक १४, २०८३
  • काठमाडौं । मौसममा सुधार हुँदै घाम लाग्न थालेपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानबाट कभर हटाउन थालिएको छ । वर्षाका कारण मैदानलाई ढाकेर राखिएको कभर हटाउँदै मैदान सुकाउने प्रयास भइरहेको छ ।

    जारी एनपीएलमा आजै साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच दोस्रो खेल हुने तालिका छ ।

    यसअघि आज बिहानको खेल वर्षाको कारण रद्द भएपछि लुम्बिनी लायन्स र चितवन राइनोजले १/१ अंक बाँडेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar