एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?

  • कालिका खवर
  • बिहिबार, कार्तिक १९, २०८३
  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, बिहीबार सुनको मूल्य १० ग्रामको २ लाख ४७ हजार ६८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला ३ हजार ६५५ रुपैयाँ रहेको चाँदी बिहीबार बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ। महासंघका अनुसार चाँदीको मूल्य १० ग्रामको ३ हजार ३६० रुपैयाँ ५० पैसा कायम भएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar