आइडिया देखि आइपीओसम्म सहजीकरण गर्ने ‘वान स्टप आइपीओ फ्यासिलिटेशन सेवा’ एनआईसी एशिया क्यापिटलद्वारा संचालन

  • कालिका खवर
  • मङ्लबार, मंसिर ९, २०८२
  • काठमाडौँ । एनआईसी एशिया क्यापिटलले मर्चेण्ट बैंकिङ सेवाअन्तर्गत “आईडिया टु आइपीओ” नामक सेवा संचालन गर्दै आएकोमा, हाल उक्त सेवालाई स्तरोन्नति गर्दै “वान स्टप आइपीओ फ्यासिलिटेशन सर्भिसेज” औपचारिक रूपमा प्रारम्भ गरेको छ। आगामी दिनमा साधारण शेयर (IPO) जारी गर्न इच्छुक तथा स्थापना हुँदै गरेका कम्पनीहरूलाई लक्षित गर्दै यो सेवा संचालन गरिएको क्यापिटलले जनाएको छ।

    क्यापिटलका अनुसार “आईडिया टु आइपीओ” सेवामार्फत छोटो समयमै ३४ कम्पनीसँग सम्झौता, २० प्रालिलाई पब्लिक कम्पनीमा परिणत गर्ने प्रक्रिया तथा ६ कम्पनीको आइपीओ निष्काशन सफलतापूर्वक सम्पन्न गरिएको छ।

    नयाँ वान स्टप आइपीओ फ्यासिलिटेशन सेवा ले कुनै पनि कम्पनीलाई आइडिएसनदेखि कम्पनी दर्ता, व्यवसाय विस्तार, स्केलअप, ग्रोथदेखि आइपीओ निष्काशनसम्म आवश्यक सम्पूर्ण परामर्श तथा सहजीकरण प्रदान गर्नेछ। संस्थागत सुशासन र कानूनी व्यवस्थाको जटिलता तथा दक्ष जनशक्ति अभावलाई मध्यनजर गर्दै क्यापिटलले न्यून सेवा शुल्कमा सबै सेवाहरू उपलब्ध गराउने प्रणाली लागू गरेको छ।

    IPO–Readiness Assessment Test (RATE)

    यस सेवाअन्तर्गत कम्पनीको पूँजी संरचना, व्यवस्थापत्र–नियमावली, वित्तीय अवस्था, लगानीकर्ताको मनोविज्ञान, कानूनी व्यवस्था तथा नियमनकारी निकायले तोकेका सबै मापदण्डको GAP Analysis गरिन्छ।

    RATE मार्फत

    • कम्पनीको रणनीति, इक्विटी, कर्पोरेट गभर्नेन्स, वित्तीय अवस्था तथा व्यवस्थापनको मूल्यांकन

    • सुधार गर्नुपर्ने ग्याप पहिचान

    • प्रिमियम वा बुक बिल्डिङ विदियमध्ये उपयुक्त विधिमा शेयर मूल्य निर्धारणको सुझाव

    • कम्पनी तत्काल आइपीओ जारी गर्न योग्य भए प्रकृया अघि बढाउने

    • योग्य नभएका कम्पनीलाई आवश्यक सुधार तथा कार्यतालिका निर्धारण गरी आइपीओ–तयारी गराउने
      जस्ता सेवा प्रदान गरिनेछ।

    वान स्टप आइपीओ फ्यासिलिटेशन सेवाअन्तर्गत उपलब्ध सुविधाहरू

    क) कम्पनी दर्ता तथा कानूनी सहयोग

    • नयाँ प्रा.लि. वा लिमिटेड कम्पनी दर्ताका लागि आवश्यक कागजात तयारी

    • प्रबन्धपत्र–नियमावली अद्यावधिक तथा आवश्यक संशोधनमा सहयोग

    ख) Capital Restructuring

    • स्व–पूँजी, धितोपत्र, ऋण, कन्भर्टिबल इन्स्ट्रुमेन्टहरू उपयोग गरी उपयुक्त पूँजी संरचना बनाउन सहयोग

    ग) IPO परामर्श तथा मूल्यांकन

    • कम्पनीको वित्तीय स्थिति तथा कानूनी आधारमा अंकित मूल्य, प्रिमियम वा बुक बिल्डिङ्गमध्ये उपयुक्त विधि चयन

    • शीघ्र र व्यवस्थित रूपमा आईपीओ निष्काशनका लागि परामर्श

    घ) कम्पनी सञ्चालनसम्बन्धी थप व्यवस्थापन सेवा

    • नियमनकारी निकायले मागे अनुसार प्रतिवेदन तथा कागजात तयारी

    • OTC Market मा सूचिकरण तथा कारोबार व्यवस्थापन

    • शेयर लगत अद्यावधिक, AGM/EGM आयोजना सहयोग

    • लाभांश वितरण, प्रबन्धपत्र/नियमावली संशोधन मार्गदर्शन

    • कम्पनी रजिष्ट्रारमा शेयर लगत प्रमाणिकरण तथा अद्यावधिक सेवा

    एनआईसी एशिया क्यापिटलले बताएअनुसार, “वान स्टप आइपीओ फ्यासिलिटेशन सेवा” मा आइपीओ जारी गर्ने लक्ष्य राखेका सबै कम्पनी—स्थापना प्रक्रियामा रहेका वा सञ्चालनमा रहेका आवद्ध हुन सक्नेछन्। क्यापिटलले व्यवस्थित, पारदर्शी र नियमअनुसार कम्पनीलाई आइपीओसम्म पुर्‍याउने लक्ष्य राखेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar