विद्यानन्द बेदर्दीको गजल : ‘देश सुस्तरी चल्छ’ (गजल)

विद्यानन्द बेदर्दी
विद्यानन्द बेदर्दी
  • सोमवार, कार्तिक ३०, २०८३
  • गजल

    सपनाको आकाशमा शब्दको परी चल्छ
    अहो! कविको त जिन्दगी यसैगरी चल्छ

    तिमी भन्छौ तिम्रो पानी चल्दैन मेरो गाउँमा
    आखिर पानीले चल्ने बिजुली कसरी चल्छ?

    म सजिन्छु, तिम्रो माया चल्छ मेरो श्रृङ्गारमा
    चल्न त बजारमा बढी, सुन अकबरी चल्छ

    कलम बेचेर सुईं-गोटी किन्छन् युवाहरूले
    यस्तै यस्तै कारणले यो देश सुस्तरी चल्छ

    राजधानीमा घर हुनेका मनमा चल्छ विदेश
    म राजधानी बस्नेको मनमा सप्तरी चल्छ

    मलाई प्यारमा, दोधारमा वा अँगारमा राख
    मन दिएँ, यो मनमाथि तिम्रै मनपरी चल्छ

    बलिदानीको मोलभाउ गर्छन् मालिकहरूले
    नसोच कि केवल सामानको तस्करी चल्छ

    — विद्यानन्द बेदर्दी अग्नीसाईर कृष्ण-सवरण-४, सप्तरी

    लेखकको बारेमा

    विद्यानन्द बेदर्दी

    विद्यानन्द बेदर्दी

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar