रसुवा बाढी : सुनचाँदी रत्न व्यवसायी महासंघबाट २५ हजार दरमा राहत वितरण

  • कालिका खवर
  • मङ्लबार, अशोज ६, २०८३
  • काठमाडौं । देशभर हालै गएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित नागरिकलाई राहत वितरण गर्न नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुर गरेको छ । महासंघका महासचिव तथा राहत सङ्कलन तथा व्यवस्थापन अभियान संयोजक निरबहादुर विश्वकर्माको नेतृत्वमा ४० लाख रुपैयाँभन्दा बढीको राहत कोष सङ्कलन भइसकेको छ ।

    रसुवा बाढीमा पीडित बनेका २२ जान सुनचाँदी व्यवसायी र कालिगढलाई यसरी संकलन भएको रकममध्येबाट २५ हजार रुपैयाँका दरले हस्तान्तरण रसुवा पुगेर हस्तान्तरण गरिएको छ । स्थानीय तथा महासंघका सचिब केसर बिक, नेपाल सुनचाँदी राष्ट्रिय ब्यबसायी मञ्चका निबर्तमान अध्यक्ष डम्बर बराईली, राम मर्हजन समेतको उपस्थितमा उक्त राहत वितरण गरिएको महासंघका महासचिव निरबहादुर विश्वकर्माले बताउनु भयो ।

    यो अभियानका संयोजकसमेत रहनु भएका महासचिव विश्वकर्माका अनुसार प्राकृतिक विपत्तिका कारण घरबारविहीन भएका र संकटमा परेका परिवारहरूलाई तत्काल प्रत्यक्ष सहयोग पुर्‍याउने उद्देश्यले महासंघले ‘एक व्यवसायी एक हजार रुपैयाँ’ अभियान सञ्चालन गरेको हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar