सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो, चाँदीको कति ?

  • कालिका खवर
  • बिहिबार, साउन २८, २०८३
  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ लाख ६ हजार २ सय रुपैयाँ कायम भएको हो ।

    महासंघका अनुसार १० ग्राम सुनको मूल्य पनि घटेर २ लाख ६२ हजार ५२० रुपैयाँ कायम भएको छ । बुधबार १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ९४५ रुपैयाँ थियो ।

    त्यस्तै, चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ४ हजार ७४५ रुपैयाँ रहेको चाँदी आज बढेर ४ हजार ७५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार १० ग्राम चाँदीको मूल्य आज ४ हजार ७३ रुपैयाँ कायम भएको छ । बुधबार १० ग्राम चाँदीको मूल्य ४ हजार ६८ रुपैयाँ थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar