ट्रायम्फ स्पिड टी४ नेपालमा सार्वजनिक, मूल्य ६ लाख ४९ हजार ९ सय रुपैयाँ

  • कालिका खवर
  • बिहिबार, साउन २८, २०८३
  • काठमाडौं। ट्रायम्फ मोटरसाइकल्स नेपालले नाइमा अटो शो २०२६ मा नयाँ ट्रायम्फ स्पिड टी४ सार्वजनिक गरेको छ। नयाँ मोडर्न क्लासिक रोडस्टरसँगै नेपालमा ट्रायम्फको ४०० सीसी सेग्मेन्टको पोर्टफोलियो थप विस्तार भएको छ।

    कम्पनीले स्पिड टी४ को नेपाली बजार मूल्य ६ लाख ४९ हजार ९ सय रुपैयाँ निर्धारण गरेको जनाएको छ। ट्रायम्फको विशिष्ट रोडस्टर डिजाइन, सहज प्रदर्शन, बलियो लो–इन्ड टर्क र सहज ह्यान्डलिङलाई प्राथमिकता दिइएको यो मोटरसाइकल दैनिक आवागमनका लागि लक्षित गरिएको कम्पनीको भनाइ छ।

    स्पिड टी४ मा ३४९ सीसी लिक्विड–कुल्ड टीआर–सिरिज इन्जिन जडान गरिएको छ। उक्त इन्जिनले ७ हजार ५ सय आरपीएममा २९ पीएस पावर तथा ५ हजार ५ सय आरपीएममा ३१ एनएम टर्क उत्पादन गर्छ। यसमा ६–स्पिड गियरबक्स र टर्क–असिस्ट स्लिपर क्लच दिइएको छ।

    कम्पनीका अनुसार इन्जिनको पावर डेलिभरी सहरी सडक, हाइवे क्रुजिङ र उकालो सडकमा आवश्यक लो तथा मिड–रेन्ज प्रदर्शनलाई ध्यानमा राखेर ट्युन गरिएको छ।

    मोटरसाइकलमा विभिन्न सडक अवस्थाका लागि सन्तुलित च्यासिस सेटअप दिइएको छ। यसमा ४३ एमएम कन्भेन्सनल फ्रन्ट फोर्क, प्रिलोड–एड्जस्टेबल मोनोशक, १७–इन्च कास्ट आल्मुनियम ह्विल, ३०० एमएम फ्रन्ट डिस्क र २३० एमएम रियर डिस्क रहेका छन्। सुरक्षाका लागि डुअल–च्यानल एबीएस उपलब्ध छ।

    स्पिड टी४ मा एलईडी लाइट, डे–टाइम रनिङ लाइट, टर्क–असिस्ट स्लिपर क्लच तथा एनालग र डिजिटल दुवै प्रकारको इन्स्ट्रुमेन्ट डिस्प्ले दिइएको छ।

    नाइमा अटो शो २०२६ मा स्पिड टी४ सार्वजनिक भएसँगै ट्रायम्फ मोटरसाइकल्स नेपालको मोडर्न क्लासिक्स पोर्टफोलियो थप फराकिलो भएको छ। कम्पनीका अनुसार यसले ग्राहकलाई ट्रायम्फको रोडस्टर परिवारमा प्रवेश गर्ने नयाँ विकल्प उपलब्ध गराउनेछ।

    स्पिड टी४ देशभरका ट्रायम्फका आधिकारिक डिलरमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ। ट्रायम्फ मोटरसाइकल्स नेपालले बिक्रीसँगै आधिकारिक सर्भिस तथा जेन्युइन एसेसरिजको सुविधा पनि उपलब्ध गराउँदै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar