रोल्पामा फेरि अर्को पहिरो, तीनजना बेपत्ता

  • कालिका खवर
  • शुक्रबार, साउन २९, २०८३
  • रोल्पा । रोल्पामा फेरि ठूलो पहिरो गएको छ ।

    सुनछहरी गाउँपालिका- २ फलबाङमा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका हुन् ।

    आज बिहान सवा ८ बजेतिर स्थानीय वीरबहादुर घर्ती मगरको घर पहिरोले पुर्दा वीरबहादुर, उनकी श्रीमती शनी घर्ती मगर र छिमेकी लली घर्ती मगर बेपत्ता भएका हुन् ।

    हिजो मात्रै रोल्पाको थबाङ गाउँपालिका–५ उवा कोटलबारामा पहिरोमा परेर १० जनाको मृत्यु भएको थियो भने ३ जना अझै बैपत्ता छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar