नाइमा एक्स्पोमा सुजुकी एसेस १२५ कनेक्टेड सार्वजनिक, स्मार्ट कनेक्टिभिटीसहित

  • कालिका खवर
  • बिहिबार, साउन २८, २०८३
  • काठमाडौँ। नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा नयाँ सुजुकी एसेस १२५ कनेक्टेड सार्वजनिक गरिएको छ। सुजुकी मोटरसाइकल नेपालले नाइमा मोबिलिटी एक्स्पोमा नयाँ कनेक्टेड मोडल सार्वजनिक गरेको हो।

    नयाँ एसेस १२५ कनेक्टेडमा ब्लुटुथ जडानसहितको डिजिटल एलसीडी डिस्प्ले र ‘सुजुकी राइड कनेक्ट’ सुविधा दिइएको छ। यसमार्फत चालकले आफ्नो स्मार्टफोन स्कुटरसँग जडान गरी यात्राका क्रममा विभिन्न उपयोगी जानकारी प्राप्त गर्न सक्नेछन्।

    स्कुटरमा टर्न–बाइ–टर्न नेभिगेसन, अनुमानित आगमन समय, कल अलर्ट, एसएमएस तथा ह्वाट्सएप नोटिफिकेसन, मिस्ड कल अलर्ट, फोनको ब्याट्री तथा नेटवर्क अवस्था, स्पिड अलर्ट, ट्रिप रेकर्डिङ, अन्तिम पटक स्कुटर पार्क गरिएको स्थान र सर्भिस रिमाइन्डरलगायतका सुविधा उपलब्ध छन्।

    स्मार्ट कनेक्टिभिटीसँगै एसेस १२५ मा सुजुकीको १२४ सीसी इन्जिन तथा दैनिक सहरी यात्रालाई सहज बनाउने व्यावहारिक सुविधालाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ।

    सुजुकी मोटरसाइकल नेपालका महाप्रबन्धक पारस जैनले एसेस १२५ कनेक्टेडमार्फत नेपाली स्कुटर प्रयोगकर्ताका लागि दैनिक जीवनमा उपयोगी स्मार्ट प्रविधि भित्र्याइएको बताए। उनका अनुसार कनेक्टिभिटी, सहजता र सुजुकीको भरोसायोग्य पर्फर्मेन्सको संयोजनले नयाँ एसेस १२५ लाई कम्पनीको उत्पादन पोर्टफोलियोमा महत्वपूर्ण थप बनाएको छ।

    नयाँ सुजुकी एसेस १२५ कनेक्टेड हाल जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को सुजुकी स्टलमा प्रदर्शनमा राखिएको छ। एक्स्पोमा सहभागी अवलोकनकर्ताले स्कुटरका कनेक्टेड सुविधाको प्रत्यक्ष अनुभव लिन सक्ने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar