कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गत १० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण

  • कालिका खवर
  • बिहिबार, साउन २८, २०८३
  • काठमाडौं । कुमारी बैंक लिमिटेडको गढवा शाखाले परिवार सुरक्षा बचत खाताअन्तर्गत उपलब्ध बीमा सुविधाबमोजिम लाभग्राहीलाई १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको छ।

    श्रीमती खुमा पौडेलका श्रीमान्को दुःखद् दुर्घटनाजन्य निधनपछि परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा गरी बैंकले उक्त रकम हस्तान्तरण गरेको हो। बैंकका अनुसार कठिन परिस्थितिमा रहेको शोकाकुल परिवारलाई आर्थिक राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले बीमा दाबी रकम प्रदान गरिएको हो।

    कुमारी बैंकले ग्राहकको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँगै आकर्षक बीमा सुविधासमेत उपलब्ध गराउँदै आएको जनाएको छ। परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउनुका साथै भविष्यप्रति आर्थिक सुरक्षाको भावना अभिवृद्धि गर्न योगदान पुर्‍याउने बैंकको विश्वास छ।

    विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई वित्तीय सेवा तथा बीमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएका यस्ता सुविधाले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउने बैंकले जनाएको छ। आवश्यक परेको समयमा ग्राहक तथा उनका परिवारलाई वित्तीय सहयोग उपलब्ध गराउनु बैंकको प्राथमिकतामध्ये एक रहेको बताइएको छ।

    विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ बिन्दुमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।

    शहरी, अर्ध–शहरी तथा ग्रामीण क्षेत्रसम्म बैंकिङ पहुँच विस्तार गर्दै आएको बैंकले प्रत्येक नेपालीलाई सहज, सुरक्षित तथा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। ग्राहकको वित्तीय सुरक्षालाई थप सुदृढ बनाउन बैंकले विभिन्न निक्षेप योजना, बीमा सुविधा तथा अन्य बैंकिङ सेवाहरू सञ्चालन गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar