अङ्गदान प्रवर्द्धनमा जनचेतना र अस्पतालको भूमिका सुदृढ गर्न आग्रह

  • कालिका खवर
  • बिहिबार, साउन २८, २०८३
  • ललितपुर । विश्व अङ्गदान दिवस २०२६ को अवसरमा स्वास्थ्य अभियान नेपालले नेपालमा मस्तिष्क मृत्युबाट हुने अङ्गदानलाई प्रभावकारी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिएको छ।

    कार्यक्रममा चिकित्सक, अङ्ग प्रत्यारोपण विशेषज्ञ, धार्मिक गुरु, कलाकार, सञ्चारकर्मी, अङ्गदाता परिवार तथा प्रत्यारोपण गराएका व्यक्तिको सहभागिता थियो। अङ्ग प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठका अनुसार नेपालमा हालसम्म करिब तीन हजार मिर्गौला र ७५ कलेजो प्रत्यारोपण भएका छन्। तर मस्तिष्क मृत्यु भएका नौ जना दाताबाट मात्र २३ वटा ठोस अङ्ग प्रत्यारोपण सम्भव भएको छ।

    वक्ताहरूले अङ्गदानसम्बन्धी जनचेतना विस्तार, मस्तिष्क मृत्युको समयमै पहिचान तथा घोषणा, परिवारसँग समन्वय र अस्पतालको भूमिका सुदृढ गर्नुपर्नेमा जोड दिए। धार्मिक गुरुहरूले पनि मानव जीवन बचाउने कार्य भएकाले धर्म अङ्गदानको बाधक नभएको स्पष्ट पारे।

    कार्यक्रममा अङ्गदाता परिवार तथा समन्वयकर्तालाई सम्मान गरिएको थियो। साथै अङ्गदान प्रवर्द्धनका लागि सार्वजनिक जनचेतना, नीतिगत सुधार र सरोकारवालाबीच सहकार्य गर्ने प्रतिबद्धतासहित ‘काठमाडौं घोषणा’ जारी गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar