नेपाल आउँदै दिपल निभो क्यु०५, गोल्ड ए डिजाइन अवार्ड विजेता इलेक्ट्रिक एसयुभी

  • कालिका खवर
  • शुक्रबार, साउन ८, २०८३
  • काठमाडौं । नेपालका लागि इन्टेलिजेन्ट तथा लक्जरी इलेक्ट्रिक गाडी ब्रान्ड दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नयाँ इलेक्ट्रिक एसयुभी दिपल निभो क्यु०५ (Deepal Nivo Q05) नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ।

    कम्पनीका अनुसार क्यु०५ आकर्षक डिजाइन, फराकिलो इन्टेरियर, अत्याधुनिक इभी प्रविधि र स्मार्ट फिचरको संयोजन भएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभी हो। कम्पनीले यसलाई नेपाली बजारको बढ्दो प्रतिस्पर्धी इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने मोडलका रूपमा प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ। यद्यपि, नेपालमा उपलब्ध हुने भेरियन्ट तथा प्राविधिक विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।

    दिपल निभो क्यु०५ को डिजाइन अन्तर्राष्ट्रिय अटोमोबाइल डिजाइनर **क्लाउस जिसिओरा (Klaus Zyciora)**को नेतृत्वमा तयार गरिएको हो। आधुनिक डिजाइन, विशिष्ट लाइटिङ सिग्नेचर र प्रभावशाली उपस्थितिका कारण यो मोडलले प्रतिष्ठित २०२६ गोल्ड ए डिजाइन अवार्ड समेत जित्न सफल भएको छ।

    कम्प्याक्ट बाहिरी आयाम भए पनि २,७३५ एमएम लामो ह्विलबेसका कारण क्यु०५ मा यात्रुका लागि प्रशस्त लेगरुम र पर्याप्त लगेज स्पेस उपलब्ध हुने कम्पनीको दाबी छ। यसले सहरी सडकमा सहज ड्राइभिङसँगै परिवारका लागि आवश्यक फराकिलो स्पेस प्रदान गर्ने अपेक्षा गरिएको छ।

    प्रविधिका हिसाबले पनि क्यु०५ निकै उन्नत मानिएको छ। चीनको भित्री मंगोलियास्थित याकेशीमा आयोजित २०२६ ग्लोबल टेस्टिङ सिजनमा यसले न्यून घर्षणयुक्त बरफिलो सडकमा इन्टेलिजेन्ट ड्राइभिङ प्रणालीको सफल परीक्षण पूरा गरेको कम्पनीले जनाएको छ। साथै, यसमा सीएटीएल (CATL) को ब्याट्री तथा फास्ट चार्जिङ प्रविधि समावेश गरिएको छ।

    बजार प्रदर्शनका हिसाबले पनि क्यु०५ सफल मोडल बनेको छ। कम्पनीका अनुसार सन् २०२६ को जुन अन्त्यसम्म चीनमा यसका ७६ हजारभन्दा बढी युनिट बिक्री भइसकेका छन्, जसले यसलाई आफ्नो सेग्मेन्टको अग्रणी कम्प्याक्ट इलेक्ट्रिक एसयुभी बनाएको छ।

    एमएडब्लु वृद्धिले नेपाली बजारमा ल्याइने क्यु०५ को भेरियन्ट, पूर्ण स्पेसिफिकेसन, फिचर र मूल्य भने आधिकारिक सार्वजनिक कार्यक्रममार्फत घोषणा गर्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar