धर्मेन्द्र प्रधान ‘अपराधी’ शिक्षामन्त्री हुन् पद छोड्नैपर्छ, मोदीले युवाहरूसँग माफी माग्नैपर्छ : गान्धी

  • कालिका खवर
  • शुक्रबार, साउन ८, २०८३
  • काठमाडौं । भारतको लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले धर्मेन्द्र प्रधान एक ‘अपराधी’ शिक्षामन्त्री भएको आरोप लगाएका छन् । उनले प्रधानलाई पदबाट हटाउनुपर्ने बताउँदै उनी शिक्षा प्रणालीको पतनको प्रतीक बनेकाले उनले पद छोड्नैपर्ने बताए ।

    गान्धीले भने, ‘उनी हाम्रो शिक्षा प्रणालीको पतनका प्रतीक हुन् । उनले पद छोड्नैपर्छ ।’ गान्धीले बाहिर हजारौं मानिसहरूले विरोध प्रदर्शन गरिरहनुको कारण प्रधान नै भएको र उनले आफ्नो पदबाट राजीनामा दिनुपर्ने दोहोर्‍याए ।

    शुक्रबार मिडियासँग कुरा गर्दै गान्धीले भने, ‘हामीले आफ्नो अडान स्पष्ट पारेका छौँ । विद्यार्थीहरूले पनि आफ्ना मागहरू स्पष्ट रूपमा राखेका छन् । हामी उनीहरूका मागहरूलाई नै दोहोर्‍याइरहेका छौँ ।’ गान्धीले युवाहरूमाथि पेलेट गन प्रहार गर्ने र लाठीचार्ज गर्नेलाई कारबाही गर्नुपर्ने माग पनि गरे ।

    उनले यो सबै घटना हुनुमा प्रमुख कारण नै प्रधानमन्त्री नरेन्द्र मोदी भएको टिप्पणी गर्दै मोदीले पीडित हजारौं युवाहरूसँग माफी माग्नुपर्ने समेत बताए । उनले आन्दोलनका क्रममा धेरै युवाहरू गम्भीर शारीरिक चोटपटकबाट पीडित भएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar