काठमाडौंमा ५–७ लाख मानिस उतार्न सके एकैदिन आन्दोलन सफल हुन्छ : प्रचण्ड

  • कालिका खवर
  • शुक्रबार, साउन ८, २०८३
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंमा पाँचदेखि सात लाख र प्रत्येक जिल्लामा एकदेखि डेढ लाख मानिस सडकमा उतार्न सके एकैदिनमा आन्दोलन सफल हुने दाबी गरेका छन् ।

    शुक्रबार काठमाडौंमा पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आन्दोलनलाई निर्णायक बनाउन देशव्यापी जनसहभागिता आवश्यक रहेको बताए ।

    उनले आन्दोलनको तयारी र संगठनमा सबैले ध्यान दिनुपर्ने उल्लेख गर्दै भने, “५/७ लाख मानिस काठमाडौंमा उतार्ने र सबै जिल्लामा एक/डेढ लाख मानिस उतार्न सके एकै दिनमा आन्दोलन सफल हुन्छ । हामी सबैले त्यतातिर सोच्नुपर्छ, नत्र बर्बाद हुन्छ ।”

    प्रचण्डले परिवर्तनकारी शक्तिहरू फेरि पनि सरकार बनाउने र गिराउने खेलमै सीमित भए गम्भीर राजनीतिक परिणाम भोग्नुपर्ने चेतावनी दिए । “फेरि पहिलाजस्तै सरकार बनाउने खेलमा लागेमा अर्को प्रतिक्रान्तिका क्रममा हामी सबै उठ्नै नसक्ने गरी थचारिन सक्छौँ,” उनले भने ।

    उनले गणतन्त्र, संघीयता र संविधानबाट प्राप्त उपलब्धिको रक्षा गर्न परिवर्तनकारी शक्तिहरूबीच व्यापक एकता र संयुक्त आन्दोलन अपरिहार्य रहेको धारणा पनि राखे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar