आइतबारको बिदा कायम रहन्छ : प्रवक्ता पोखरेल

  • कालिका खवर
  • शुक्रबार, साउन ८, २०८३
  • काठमाडौँ : सरकारका प्रवक्ता सस्मित पोखरेलले आइतबारको बिदा लामो समयसम्म जाने बताएका छन् । शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका पोखरेलले आइतबारको बिदा दीर्घकालसम्म अगाडि बढ्ने बताएका हुन् ।

    शिक्षा मन्त्री पोखरेलले शिक्षा पत्रकारहरूसँग भने- ‘दुई दिन बिदा कायम हुन्छ । सरकारले तत्काल बिदा हटाउने सोचेको छैन । अन्तर्राष्ट्रिय अभ्यास पनि प्रायः दुई दिन नै बिदा भइरहेको छ ।’

    सरकारले गत चैत २२ गते सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको थियो । यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागू भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar