अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो गिरावट

  • कालिका खवर
  • शुक्रबार, साउन ८, २०८३
  • काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार बहुमूल्य धातुको मूल्यमा तीव्र गिरावट आएको छ । कारोबार अवधिमा सुनको मूल्य २.८३ प्रतिशत अर्थात् ११७ अमेरिकी डलरले घटेर प्रतिऔंस ४ हजार २८ डलरमा झरेको छ । पछिल्लो गिरावटले विश्व बजारमा सुरक्षित लगानीका रूपमा चिनिने सुनमा बिक्री दबाब बढेको संकेत गरेको छ ।

    सुनसँगै चाँदीको मूल्य पनि उल्लेख्य रूपमा ओरालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । चाँदीको मूल्य २.६२ अमेरिकी डलर अर्थात् ४.३८ प्रतिशतले घटेको छ ।

    बजार विश्लेषकहरूका अनुसार अमेरिकी डलर बलियो बन्दै जानु, ब्याजदरसम्बन्धी अपेक्षामा आएको परिवर्तन तथा लगानीकर्ताले जोखिमयुक्त सम्पत्तितर्फ आकर्षण बढाउँदा सुन र चाँदीमा बिक्री चाप देखिएको हो । यस्ता कारणले बहुमूल्य धातुको मूल्यमा अल्पकालीन दबाब परेको विश्लेषण गरिएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि पर्ने भएकाले आगामी दिनमा स्थानीय बजारमा सुनचाँदीको मूल्यमा समेत यसको असर देखिन सक्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar