विश्वस्तरीय पुरस्कार विजेता प्रोटोन ई.मास ५ छिट्टै नेपालमा, आधुनिक प्रविधिसहितको कम्प्याक्ट विद्युतीय एसयूभी सार्वजनिक हुँदै

  • कालिका खवर
  • बुधबार, असार २४, २०८३
  • काठमाडौँ। जगदम्बा मोटर्सले प्रोटोनको नयाँ पूर्ण रूपमा विद्युतीय कम्प्याक्ट एसयूभी ई.मास ५ छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ। कम्पनीका अनुसार आधुनिक प्रविधि, स्मार्ट सुविधा तथा विश्वस्तरमा प्रमाणित गुणस्तरले सुसज्जित यो विद्युतीय एसयूभीले नेपाली ग्राहकलाई सुरक्षित, सहज र उत्कृष्ट सवारी अनुभव प्रदान गर्नेछ। बदलिँदो जीवनशैली र आधुनिक चालकको आवश्यकतालाई मध्यनजर गर्दै ई.मास ५ विकास गरिएको कम्पनीले जनाएको छ।

    प्रोटोन ई.मास ५ विश्वका अग्रणी अटोमोबाइल समूहमध्ये एक तथा विद्युतीय सवारी प्रविधिमा अग्रणी जिलीसँगको रणनीतिक सहकार्यमा विकास गरिएको हो। जिलीको उन्नत ईभी प्रविधि र प्रोटोनको विश्वसनीय इन्जिनियरिङको संयोजनले यस गाडीलाई स्मार्ट, भरपर्दो तथा सहज सञ्चालनयोग्य बनाएको कम्पनीको दाबी छ। कम्पनीका अनुसार यसले विश्वस्तरको प्रविधिसहित उत्कृष्ट कार्यसम्पादन प्रदान गर्ने अपेक्षा गरिएको छ।

    अन्तर्राष्ट्रिय बजारमा समेत चर्चा बटुल्न सफल प्रोटोन ई.मास ५ ले मलेसियाको प्रतिष्ठित एलायन्ज डीएसएफ भेहिकल अफ द इयर अवार्ड २०२६ अन्तर्गत ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर’ उपाधि प्राप्त गरिसकेको छ। आधुनिक डिजाइन, उन्नत विद्युतीय प्रविधि, आरामदायी सुविधा तथा दैनिक प्रयोगका लागि उपयुक्त विशेषताका आधारमा उक्त सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ।

    स्मार्ट डिजाइनलाई प्राथमिकता दिँदै ई.मास ५ मा सामान व्यवस्थापनका लागि तीनवटा स्टोरेज सुविधा समावेश गरिएको छ। यसमा ७० लिटर क्षमताको अगाडिको स्टोरेज (फ्रङ्क), २८ लिटर क्षमताको सिटमुनिको स्टोरेज तथा २० लिटर क्षमताको सेन्टर कन्सोलमुनिको स्टोरेज उपलब्ध रहेको छ। यी सुविधाले दैनिक प्रयोगका सामग्री व्यवस्थित रूपमा राख्न तथा गाडीभित्रको स्थानको प्रभावकारी उपयोग गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ।

    जगदम्बा मोटर्सका अनुसार प्रोटोन ई.मास ५ ले नेपालमा विश्वस्तरमा प्रमाणित विद्युतीय सवारी उपलब्ध गराउने प्रोटोनको प्रतिबद्धतालाई थप सुदृढ बनाउनेछ। कम्पनीले जिलीको अत्याधुनिक ईभी प्रविधि, प्रोटोनको विश्वसनीय इन्जिनियरिङ, स्मार्ट डिजाइन, सुरक्षा तथा उत्कृष्ट मूल्य–प्रतिफलको संयोजन रहेको यो पुरस्कार–विजेता विद्युतीय एसयूभी छिट्टै नेपाली बजारमा सार्वजनिक हुने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar