रूस र युक्रेनकाे सीमा क्षेत्रमा भएकाे आक्रमणमा ३ जनाको मृत्यु

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ २९, २०८३
  • किएभ । रूसी र युक्रेनी सीमा क्षेत्रहरूमा भएको आक्रमणमा तीन जना नागरिकको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताइएका छन् । किएभले रूसको सुजेमकाको बस्तीमा प्रहार गर्दा ब्रायन्स्कको सीमावर्ती क्षेत्रमा दुई जना सर्वसाधारणको मृत्यु भएको कार्यवाहक गभर्नर एगोर कोभालचुकले टेलिग्राममार्फत जनाएका छन् ।

    युक्रेनको सीमावर्ती क्षेत्र सुमीमा भएको ड्रोन आक्रमणमा आश्रयमा जाँदै गर्दा रेल स्टेशन अपरेटरका रूपमा कार्यरत एक जना महिलाको मृत्यु भएको युक्रेनी रेलवेका प्रमुख ओलेक्सान्डर पेर्टसोव्स्कीले बताएका छन् । उनले अर्को एक जना स्टेशन परिचारिका, आक्रमणमा घाइते भएको बताएका छन् । युक्रेनको दक्षिणी माइकोलाइभ क्षेत्रमा भएको छुट्टै आक्रमणमा तीन जना घाइते भएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar