पेट्रोलियम पदार्थको मूल्य यथावत, सोमबारदेखि साविककै दर कायम

  • कालिका खवर
  • सोमवार, जेष्ठ १८, २०८३
  • काठमाडौं । ले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ। भारतीय (आईओसी) बाट नयाँ मूल्यसूची प्राप्त भए पनि उपभोक्ताका लागि खुद्रा बिक्री मूल्यमा कुनै परिवर्तन नगरिएको निगमले जनाएको छ।

    निगमका अनुसार सञ्चालक समितिको जेठ १७ गते बसेको बैठकले मूल्य यथावत राख्ने निर्णय गरेको हो। उक्त निर्णयअनुसार जेठ १८ गते सोमबार बिहान १ बजेदेखि लागू हुने गरी हाल कायम रहेको खुद्रा बिक्री मूल्य नै कायम रहनेछ।

    निगमले अन्तर्राष्ट्रिय बजारको अवस्था, आईओसीबाट प्राप्त मूल्यसूची तथा आन्तरिक वित्तीय अवस्थालाई आधार मानेर मूल्य निर्धारण गर्दै आएको जनाएको छ। हालका लागि पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्यमा कुनै हेरफेर नगरिएको छ।

    यस निर्णयसँगै उपभोक्ताले सोमबारदेखि पनि पेट्रोलियम पदार्थ साविककै मूल्यमा खरिद गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar