एमाले अब कार्यकर्ताको भावनाबाट चल्नुपर्छ : नेता पाण्डे

  • कालिका खवर
  • बुधबार, चैत्र ४, २०८२
  • काठमाडौं : नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कुरा बैठकमा गर्ने कि सामाजिक सञ्जालमा ? भन्ने प्रश्न जायज भएपनि एमालेमा त्यसको ठाउँ नरहेको आशय व्यक्त गरेका छन् । मंगलबार राति फेसबुकमार्फत नेता पाण्डेले एमालेका बैठक हुकुम दिने थलो मात्रै भएको टिप्पणी गरेका हुन् ।

    ‘हामीले पार्टीका आधिकारिक फोरम र बैठकहरूमा पटक–पटक सुधारका ठोस मार्गचित्र प्रस्तुत गर्यौँ र गल्तीहरू औँल्यायौँ,’ पाण्डेले लेखेका छन्, ‘ती आवाजहरूलाई गम्भीरतापूर्वक सुन्नु र छलफल गर्नुको साटो नोट अफ डिसेन्टको एउटा कुनामा मात्र सीमित गरियो ।’

    जब बैठक सुन्ने र सुध्रिने थलो नभए त्यसको प्रभावकारिता नरहने आशय उनले दिएका छन् ‘जब बैठक केवल सुनाउने र हुकुम दिने औपचारिकता मात्र बन्छ, तब त्यहाँ विवेकको मृत्यु हुन्छ र अहङ्कारले ठाउँ पाउँछ,’ उनले अगाडि उल्लेख गरेका छन् । अबको एमाले ‘बन्द कोठा’ को षड्यन्त्र वा केही सीमित व्यक्तिको क्याल्कुलेसनबाट नभई आम कार्यकर्ताको भावना र आधुनिक कार्यपद्धतिबाट चल्नुपर्ने उनले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar