बालेन हिन्दू राष्ट्रमा तयार भए राप्रपाले दुई तिहाइ पुर्‍याइदिन्छ : कमल थापा

  • कालिका खवर
  • बिहिबार, फाल्गुन २८, २०८२
  • काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले रास्वपा सरकारलाई दुई तिहाइ समर्थन पुर्‍याउन रोचक प्रस्ताव राखेका छन्। यदि बालेन सरकार हिन्दू राष्ट्रको एजेन्डामा जान तयार भए राप्रपाले सहयोग गर्ने उनको भनाइ छ।

    सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले यस्तो प्रस्ताव गरेका हुन् ।

    उनले लेखेका छन्, ‘रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई संसदमा दुईतिहाइ बहुमतको निम्ति २ सिट कम छ ।
    यदि बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदहरूको पूर्ण सहयोग रहने छ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar