नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच उपदान तथा अवकाश कोष सञ्चालन सम्झौता

  • कालिका खवर
  • आइतवार, फाल्गुन १७, २०८२
  • काठमाडौँ । नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड बीच उपदान तथा अवकाश कोषको व्यवस्था एवम् सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

    मितिः २०८२।११।१७ आइतबार सम्पन्न सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेल ले हस्ताक्षर गर्नुभएको हो।
    सम्झौतापछि बैंकमा कार्यरत कर्मचारीहरूको अवकाशसम्बन्धी उपदान तथा अन्य रकमको व्यवस्थापन नागरिक लगानी कोषमार्फत हुने भएको छ। हाल बैंकमा करिब ३०० जना कर्मचारी कार्यरत रहेका छन्। बैंकले ८ जिल्लामा प्रदेशस्तरीय कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

    उक्त सहकार्यले बैंकका कर्मचारीहरूको भविष्य सुरक्षा मजबुत बनाउने र अवकाश कोष व्यवस्थापनलाई थप व्यवस्थित बनाउने विश्वास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar