बीरगञ्जको आचार्य एकेडेमी विद्यालयमा होली मिलन कार्यक्रम सफलतापूर्वक सम्पन्न।

  • कालिका खवर
  • शुक्रबार, फाल्गुन १५, २०८२
  • फागुन १५,पर्सा। बीरगञ्ज महानगरपालिका–३, प्रगतिनगरस्थित आचार्य एकेडेमी**मा मिति २०८२ साल फागुन १५ गते शुक्रबारका दिन हर्षोल्लासका साथ होली मिलन समारो सम्पन्न भएको छ।

    विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा रंग अबिर साटासाट गर्दै एक–आपसमा शुभकामना आदान–प्रदान गरिएको थियो।

    कार्यक्रमको औपचारिक उद्घाटन विद्यालय प्रशासनद्वारा गरिएको थियो। त्यस अवसरमा विद्यालयका प्रधानाध्यापक मोहम्मद सगीर अलीले होली पर्वले आपसी सद्भाव, भाइचारा र एकताको सन्देश दिने उल्लेख गर्दै सबैलाई सुरक्षित र मर्यादित तरिकाले पर्व मनाउन आग्रह गर्नुभयो।

    समारोहमा विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गीत तथा कविता प्रस्तुत गरी कार्यक्रमलाई अझै आकर्षक बनाएका थिए। अनुशासित र मर्यादित वातावरणमा सम्पन्न कार्यक्रमले विद्यालय परिवारबीच आपसी सम्बन्ध थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।

    कार्यक्रमको अन्त्य सामूहिक शुभकामना आदान–प्रदान तथा रंगोत्सवका साथ गरिएको विद्यालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar