काठमाडौंमा २४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा

  • कालिका खवर
  • बुधबार, भदौ १०, २०८३
  • काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

    बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५८, सिसिटिभिमार्फत ७४, रातोबत्तीमा ६३ जना चालकलाई कारबाही गरिएको छ ।

    यसैगरी, तीव्र गतिमा ११३, हर्न निषेधमा ३४, लेन क्रसमा ४८, अवस्था ठिक नभएको ३२, एकतर्फीमा १५ र अन्यमा ५५६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar