लागू औषध प्रकरणमा राजनीतिक हस्तक्षेपको आशंका, निर्दोषलाई फसाउन खोजिएको आरोप

  • कालिका खवर
  • शनिबार, माघ २४, २०८२
  • काठमाडौँ । पुस ११ गते लागू औषध नियन्त्रण ब्युरो (ड्रग्स ब्युरो) का इन्स्पेक्टर सबिन कार्की नेतृत्वको टोलीले बल्खुस्थित कुन्दन सिंहको अफिस ‘राज एण्ड रिवार्ज सप्लायर्स’बाट तराजुसहित लागू औषध बरामद गरेको थियो। तर उक्त घटनापछि ब्युरोले जनमत पार्टीका महासचिव चन्दन सिंह (कुन्दन सिंहका भाई) सँग मिलेर एक कनिष्ठ कर्मचारीलाई फसाउने प्रयास गरेको आरोप सार्वजनिक भएको छ।

    ब्युरोले पुस १५ गते रिकेश शाहीलाई पक्राउ गरे पनि उनको घर वा अफिसबाट कुनै पनि लागू औषधजन्य सामग्री फेला परेन। प्रमाण नपाएपछि उनीमाथि लागू औषध सम्बन्धी मुद्दा नचलाइ केवल अभद्र व्यवहारको मुद्दा दर्ता गरिएको थियो।

    श्रोतका अनुसार कुन्दन सिंहले आफूलाई चोख्याउने प्रयास गर्दै निर्दोष रिकेश शाहीलाई फसाउने योजना बनाएको देखिन्छ। चन्दन सिंह हाल मधेस प्रदेशका सांसदसमेत हुन्, जसका कारण यस घटनामा राजनीतिक प्रभाव प्रयोग गरिएको आशंका झनै गहिरिएको छ।

    पक्राउ परेका शाहीकी श्रीमती मिरा बिष्टले भनिन्, “मेरो पतिको साथमा कुनै पनि लागू औषध थिएन। यो पूर्ण रूपमा प्रतिशोधको मामला हो। हामी न्यायको माग गर्छौं।”

    लागू औषध ब्युरोले पनि रिकेश शाहीसँग कुनै लागू औषधजन्य सामग्री फेला नपरेको स्वीकार गरेको छ। तर, ब्युरोका एसएसपी कृष्ण कोइराला भने यस प्रकरणमा हालसम्म मौन छन्।

    विशेषज्ञहरूले यो घटनालाई लागू औषध नियन्त्रण जस्तो संवेदनशील विषयमा कानुनी प्रक्रिया र राजनीतिक हस्तक्षेपबीचको जटिल सम्बन्धको उदाहरणका रूपमा विश्लेषण गरेका छन्। उनीहरूका अनुसार यस्ता घटनाले कानुनमाथिको विश्वास कमजोर पार्ने खतरा रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar