नेपाली कांग्रेस पहिलो पार्टी बन्छ : शेखर कोइराला

  • कालिका खवर
  • बुधबार, माघ १४, २०८२
  • काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी चुनावमा नेपाली कांग्रेस संसदको पहिलो पार्टी बन्ने दाबी गरेका छन् । मंगलबार सम्पर्क कार्यालयमा पत्रकारहरूसँगको भेटघाटमा कोइरालाले सामाजिक सञ्जालमा नयाँ पार्टीहरूको प्रचार बढी देखिए पनि कांग्रेसले जनमत नगुमाएको बताए । उनका अनुसार चुनाव कांग्रेसका लागि आफ्नो सामर्थ्य परीक्षण गर्ने समय हो । त्यसैले आन्तरिक विवादलाई थन्क्याएर सबैले चुनावी परिणाममा केन्द्रित हुनुपर्ने उनले बताए ।

    डा. कोइरालाले भने, ‘कांग्रेस अबको चुनावबाट पनि संसद्को पहिलो पार्टी बन्छ । सामाजिक सञ्जालमा प्रचार फरक ढङ्गले भए पनि कांग्रेसले जनमत गुमाएको छैन’। उनले थपे, ‘सबै निर्वाचन क्षेत्रमा उम्मेदवार भएकाले समानुपातिक मत बढ्नेछ । सबै पार्टी एक्ला एक्लै लडेकाले प्रत्यक्षतर्फको सिट पनि बढ्छ, घट्दैन ।’

    पार्टीभित्र मतभेद हुनु स्वाभाविक भएको उल्लेख गर्दै कोइरालाले ती विषय आन्तरिक रूपमै समाधान हुने बताए । चुनावी नतिजाले पार्टीलाई घाटा पुग्ने काम कसैले पनि नगर्ने विश्वास उनले व्यक्त गरे। हरेक निर्वाचन क्षेत्रमा राम्रो तयारी गर्न सके देशभरको परिणाम सकारात्मक आउने उनको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar