भक्तपुरबाट मोटरसाइकल चोरेर मकवानपुर लैजाँदै गरेका २ जना पक्राउ

  • कालिका खवर
  • मङ्लबार, माघ १३, २०८२
  • काठमाडौँ । भक्तपुरबाट मोटरसाइकल चोरेर मकवानपुरतर्फ लैजाँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको भट्टेडाँडाबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

    पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–७ घर भएर भैंसेपाटी बस्ने २५ वर्षीय ब्रिजन तामाङ र भक्तपुर सुडाल बस्ने २३ वर्षीय युनिक तामाङ छन् ।

    आइतबार भट्टेडाँडा स्थित जगुमाया प्रहरी चौकीबाट खटिएको टोलीले चेकजाँच गर्दा खोज्दा उनीहरू मोटरसाइकल नरोकीकन भागेका थिए । उनीहरूलाई पछ्याएर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले बताए ।

    आरोपीहरू सवार बागमती प्रदेश–०२–०४४ प ६९१२ र बा.३६ प ७९०८ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ । सो मोटरसाइकल उनीहरुले भक्तपुरबाट चोरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ  । उनीहरूलाई ललितपुर प्रहरीले थप अनुसन्धानका लागी प्रहरी वृत्त जगातीमा बुझाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar