कांग्रेस संस्थापन पक्षले कानुनी उपचार खोज्ने

  • कालिका खवर
  • शनिबार, माघ ३, २०८२
  • पाटन (ललितपुर), ३ माघ। शेरबहादुर देउवाको नेतृत्वको नेपाली कांग्रेसल यही माघ २ गते निर्वाचन आयोगले गरेको निर्णयका विरुद्ध कानुनी उपचार खोज्ने भएको छ । आज बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा भएको बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

    “निर्वाचन आयोगले २०८२ साल माघ २ गते एकलौटी रुपमा गरेको निर्णय दुराशयपूर्ण छ, आयोगले हामीलाई बोलाएर सुन्ने काम पनि गरेन, आयोगको स्थापित नजिर र निर्वाचनसम्बन्धी व्यवस्था पालना नभएकाले आइतबार हामी सर्वोच्च अदालतमा कानुनी उपचारका लागि जान्छौँ,” प्रवक्ता महतले भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar