गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

  • कालिका खवर
  • बुधबार, पुस ३०, २०८२
  • काठमाडाैँ ।  गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा हवाई आक्रमणका कारण एक सय भन्दा बढी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले जनाएको छ ।

    युनिसेफका प्रवक्ता जेम्स एल्डरले संयुक्त राष्ट्रसङ्घको पत्रकारहरुसँगको नियमित साक्षात्कारमा ’अक्टोबरको सुरुमा भएको युद्धविराम पछि गाजामा एक सय भन्दा बढी बालबालिकाको मृत्यु भएको पुष्टि गर्दै त्यो युद्धविराम पछि हरेक दिन मारिने हरुमा लगभग एक जना बालबालिका रहेको जनाएका छन् ।

    गाजा पट्टीमा इजरायली बमबारी निरन्तर चलिरहेको उल्लेख गर्दै उनले गाजामा मानव जीवन असहज बन्दै गहिरहेको बताएका छन् । मृत्यु भएका बालबालिकाहरुमा ६० जना केटाहरू र ४० केटीहरूको भएको उल्लेख गर्दै सबैको मृत्यु इजरायली सैन्य आक्रमणहरूको कारण भएको एल्डरले बताए ।

    पछिल्लो आधिकारिक तथ्याङ्कका अनुसार सन् २०२३ अक्टोबर– ७ देखि गाजा पट्टीमा इजरायली आक्रमणबाट मर्नेहरूको सङ्ख्या ७१ हजार ४२४ पुग्नुका साथै एक लाख ७१ हजार ३२४ घाइते भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar