सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्छ : घिमिरे

  • कालिका खवर
  • मङ्लबार, पुस २९, २०८२
  • झापा । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट मुक्त गर्न सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिएका छन् । विर्तामोडमा आज पत्रकार सम्मेलन गरेर उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबै पक्ष सहभागी हुनुपर्नेमा जोड दिएका हुन् ।

    ताजा जनादेशको विकल्प नभएको धारणा व्यक्त गर्दै उनले आगामी माघ ५ गते आफ्नो कार्यकाल समाप्त हुने बताए । तीनवर्षे कार्यकालमा मतदाताको विकासको चाहना पूरा गर्न आफूले हरसम्भव प्रयत्न गरेको समेत उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar