नुवाकोटमा दुई लाख ४७ हजार ८६८ मतदाता कायम

  • कालिका खवर
  • मङ्लबार, पुस २९, २०८२
  • नुवाकोट । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नुवाकोटमा कूल मतदाता दुई लाख ४७ हजार ८६८ कायम भएको छ ।

    जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटको क्षेत्र नं १ मा एक लाख २३ हजार ९२९ तथा क्षेत्र नं २ मा एक लाख २३ हजार ९३९ मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी होमबहादुर थापामगरले जानकारी दिए । उनका अनुसार यो सङ्ख्या २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा भन्दा आठ हजार ११२ बढी हो ।

    कूल मतदातामध्ये महिला एक लाख १८ हजार ९७५, पुरुष एक लाख २८ हजार ८९० तथा तीन तेस्रोलिङ्गी रहेका निर्वाचन कार्यालयले जनाएको छ । आगामी फागुन २१ गतेको निर्वाचनका लागि नुवाकोटमा १३२ निर्वाचन स्थलमा २९३ मतदान केन्द्र कायम गरिएका छन् । अघिल्लो चुनावभन्दा यस तीन मतदान केन्द्र बढाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar