असामान्य राजनीतिक परिस्थितिमा कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता : महेश बर्तौला

  • कालिका खवर
  • सोमवार, पुस २८, २०८२
  • काठमाडौँ । वर्तमान असामान्य र जटिल राजनीतिक परिस्थितिको सामना गर्न नेपाली कांग्रेसले आफूलाई सम्हाल्दै जिम्मेवार ढंगले अघि बढ्नुपर्ने आवश्यकता रहेको नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले बताएका छन्।

    उनले मुलुकका लोकतान्त्रिक संस्थाहरू माथि सुनियोजित आक्रमण भइरहेको अवस्थालाई गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गर्दै यस्तो समयमा कांग्रेस आन्तरिक आवेग र उत्तेजनाबाट बाहिर निस्कन जरुरी रहेको बताए। फुट र आन्तरिक कलहभन्दा माथि उठेर एकताबद्ध भएर अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता भएको उनको भनाइ छ।

    बर्तौलाले राजनीतिक स्थायित्व, लोकतन्त्रको संरक्षण र राष्ट्रिय हितका लागि जिम्मेवार दलको हैसियतले कांग्रेसले यथार्थतालाई बुझेर परिपक्व निर्णय गर्नुपर्नेमा जोड दिए। उनले वर्तमान चुनौतीपूर्ण घडीमा आपसी एकता र सहकार्य नै मुलुकलाई सही दिशामा अघि बढाउने मुख्य आधार हुने बताए।

    अन्त्यमा उनले नेपाली कांग्रेसले वर्तमान राजनीतिक यथार्थलाई आत्मसात् गर्दै सकारात्मक र जिम्मेवार भूमिकासहित अघि बढोस् भन्ने शुभेच्छा व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar